3

स्थानीय शान्ति समिति बागलुङले संचालन गरेको रोजगारमूलक सीपविकास तालिम अन्तरगत ३ महिने सिलाई कटाई तालिमका सहभागीहरु

2

अन्तराष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्वरका अवसरमा आयोजित प्रभातपेरी कार्यक्रमका सहभागीहरु

1 copy

स्थानीय शान्ति समितिक बागलुङको संयोजकमा सर्वसम्मतले चयन हुनुभएका धन बहादुर परियार पदभार ग्रहण गर्दै

 

Introdcution

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि विद्यमान एक दशक लामो शसस्त्र द्धन्द्धको अन्त्य पछि शान्ति प्रवद्र्धन, संक्रमणकालीन न्याय पुननिर्माण, लडाकुहरुको व्यवस्थापन, राहत र पुनस्थापना जस्ता जटिल विषयहरुको संवोधन र व्यवस्थापन गर्नका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयको स्थापना भएको पाईन्छ । भने स्थानीय स्तरमा द्धन्द्धको प्रभावहरुलाई न्यूनिकरण गर्दै शान्ति प्रक्रियालाई आपसी सहयोग, सदभाव र सहकार्यका आधारमा अगाडि वढाउदै जाने उदेश्यले स्थानीय स्तरमा शान्ति समिति गठन भएको हो । स्थानीय शान्ति समितिको सञ्चालनका लागि नेपाल सरकारले कार्यक्षेत्रगत शर्तहरु (TOR) स्वीकृत गरि कार्यान्वयनमा ल्याएको छ । त्यहि निर्देशिकामा तोकिएका क्षेत्राधिकार भित्र रही स्थानीय शान्ति समितिले स्थानीय तहमा हुने द्धन्द्ध व्यवस्थापन सम्वन्धी कार्यलाई सहजीकरण गर्दै अगाडि बढिरहेको छ ।